‘तिमी हुन्छौ जहाँ जहाँ’ शीर्ष गीत सार्बजनिक ! मलिनाको प्रेममा मनिष


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ को शिर्ष गीत सार्बजनिक गरिएको छ राजधानीमा एक औपचारिक कार्यक्रम गर्दै चलचित्रको शिर्ष गीत सार्बजनिक गरिएको हो। वर्ष २०७५ असार ८ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रमा अभिनेत्री मलिना जोशी र अभिनेता मनिष सुन्दर श्रेष्ठको मुख्य भूमिका रहेको छ । सार्बजनिक शिर्ष गीतमा फिरोज बस्नेत र अञ्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत सुन्न सकिन्छ । गीत छायांकन गरिएको लोकेशन र खिचाई उत्कृष्ट रहेको छ छ । मलिना र मनिषको जोडी सुहाएको छ । चलचित्रमा वर्षा सिवाकोटी, स्वरुप पुरुष ढकाललगायतका कलाकारहरुको पनि प्रमुख भूमिका रहेको छ ।

पछिल्लो समय चलचित्र ‘रानी’ मा स्क्रीन शेयर गरेका यी कलाकारद्वय गीतमा निकै रोमान्टिक देखिएका छन् । चलचित्रबारे बोल्दै अभिनेत्री मलिनाले मनिष कै लागि यो चलचित्र खेलेकी बताईन् । उनले भनिन् ‘ कार्यक्रममा मनिष नहुँदा निकै नै खल्लो लागिरहेको छ । यो चलचित्र साइन गर्नुको सबैभन्दा मेन रिजन नै मनिष हो । यो गीत बनाउन चार दिन लाग्यो, हाम्रो फिल्मको कथा निकै राम्रो छ’।

मदन दवाडी, हरि प्रसाद अधिकारी र डाल चन्द्र दवाडी निर्माता रहेको ‘तिमी हुन्छौ जहाँ जहाँ’ बि एण्ड बि फिल्मस्को ब्यानरमा निर्माण भएको हो । विना कार्की सह निर्माता रहेकी छिन । चलचित्रलाई विकास बस्यालले निर्देशन गरेका हुन् भने चलचित्रको कथा पनि निर्देशककै रहेको छ । कविराज गहतराज र रेनशा वान्तवा राईको कोरियोग्राफी, रामशरण उप्रेतीको छायांकन, माघव घिमिरेको स्क्रिन प्ले र डाइलग, रोशन श्रेष्ठको द्वन्द्व रहेको यस चलचित्रका कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । चलचित्रलाइ बिके फिल्म्सले राजधानी र एफ.डि. कम्पनीले राजधानी बाहिरको वितरणको जिम्मा लिएका छन् ।