‘तिमी हुन्छौ जहाँ जहाँ’ पोष्टर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ को फस्ट लुक्स पोष्टर सार्वजनिक गरिएको छ । आगामी ८ असारबाट देशव्यापी प्रदर्शनीमा आउने तयारीमा रहेको यो चलचित्रको निर्माण पक्षले तीन वटा पोष्टर सार्वजनिक गरेको हो । नायक मनिष सुन्दर श्रेष्ठ र नायिका मलिना जोशीबीचको प्रेम सम्बन्ध दशार्ईएको छ । अर्को पोष्टरले मनिष र मलिनासँगै अर्का अभिनेता स्वरुपपुरुष ढकाललाई उनीहरुको बाधकको रुपमा प्रस्तुत गरिएको छ । आगामी ८ असारमा तिमी हुन्छौं जहाँ जहाँ एकल प्रदर्शनी हुँदैछ । यो चलचित्रलाई विवेक बस्यालले निर्देशन गरेका हुन् । चलचित्रमा रामशरण उप्रेतीको छायाँकन, कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन पोखरेलको संगीत रहेको छ ।

प्रेमकथामा आधारित तिमी हुन्छौ जहाँ जहाँलाई पर्यटन व्यबसायी समेत रहेका मदन दवाडी सहित प्रकास बास्कोटा, डालचन्द्र दवाडी र हरिप्रसाद अधिकारीले निर्माण गरेका हुन् । तिमी हुन्छौ जहाँ जहाँमा मनिष सुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुपपुरुष ढकाल, रबी गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेत लगायतको अभिनय रहेको छ । वर्षा शिबाकोटी यो चलचित्रमा अतिथि भूमिकामा छिन् ।