‘तिमी हुन्छौ जहाँ जहाँ’ टिम राजधानी बाहिर


सेलिब्रेटी नेपाल काठमाडौँ

असार ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको पुर्व मिस नेपाल मलिना जोशी अभिनित चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ को प्रचार प्रसार सुरुलाइ तिब्र बनाउदै लगिएको छ । यसै क्रममा उपत्यकामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरी चलचित्र युनिट अहिले मोफसल पुगेको छ । प्रचार प्रसार कै क्रममा टोली पुगेको छ । गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘रानी’ मा एक साथ देखिएका मलिना जोशी र मनिष सुन्दर श्रेष्ठ सहित नव अभिनेत्री तमन्ना केसी, निर्माता दाल चन्द्र दवाडी, कार्यकारी निर्माता प्रकाश बासकोटा सहितको टोली चितवन पुगेको हो ।

चलचित्र युनिटले चितवनको नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नायिका मलिना जोशीले ‘तिमी हुन्छौ जहाँ जहाँ’ लभस्टोरी भएको बताईन । लभ स्टोरी भए पनि चलचित्रमा एक्सन पनि रहेको मलिनाको भनाई रहेको छ ।

चलचित्रका नायक मनिष सुन्दर श्रेष्ठले चलचित्र राम्रो बनेको बताएका छन् । ‘रानी’ बाट चलचित्रमा डेब्यु गरेका मनिषले पहिलो चलचित्र भन्दा यो चलचित्रमा राम्रो काम गरेको बताए । प्रदर्शन मिती नजिकिदै फर्दा हल्का डर लागे पनि राम्रो काम गरेकोले दर्शकले मन पराउने मनिषले बताए ।

यही चलचित्रबाट डेब्यु गरेकी नव अभिनेत्री तमन्ना केसीले आफुलाई पहिले देखी नै चलचित्रमा काम गर्ने इच्छा रहेको र ‘तिमी हुन्छौ जहाँ जहाँ’ ले आफ्नो सपना साकार पारेको बताईन । मैले खोजेको जस्तै स्क्रिप्ट पाए र काम गर्न तयार भए, तमन्नाले भनिन् । यस्तै तमन्नाले चलचित्रमा लभ स्टोरी मात्र नभई फ्रेण्डसिप पनि रहेको बताईन ।चलचित्रका निर्माता दाल चन्द्र दवाडी र कार्यकारी निर्माता प्रकाश बासकोटाले पनि चलचित्र राम्रो बनेको बताए । बिकास बस्यालको निर्देशन रहेको चलचित्रमा राम शरण उप्रेतीको सिनेमाटोग्राफी रहेको छ ।