द भाइब्जको म को हूँ बजारमा


(सेलिब्रेटी नेपाल) १५ असोज-पहिलो एल्बम द भाइब्ज जेनेरेशनबाटै नेपाली सांगितीक आकाशमा तहल्का मचाउन सफल द भाइव्ज व्याण्डले त्यस्तै आकर्षक गीतहरुका साथ दोस्रो एलबम को हुँ म बजारमा ल्याएको छ। नेपालदेखि अमेरिकासम्म उत्तिकै लोकप्रियता कमाउन सफल नेप्लिज अमेरिकन रक सांगीतिक समूह द भाइब्ज व्यान्डले रक संगीतमा पनि उच्चस्तरको गीतसंगीतमा मात्र विश्वास राख्ने र सोहीबमोजिमको सांगीतिक सिर्जना पस्कने भएकाले स्तरीयतालाई कायम राख्दै चार वर्षको अन्तरालपछि दोस्रो एल्बमतयार पारेको जनाएको छ।
Vibez-ma-ko-hu
द भाइब्ज ब्यान्डका सदस्यहरूको रोचक कुरा के भने यसका भोकलिस्ट तथा हटमेल इन्जिनियर प्रयन सिंह र रेस्टुरेन्ट व्यवसायी तथा लिड गिटारिस्ट रूपक लामा अमेरिकामा बस्छन् भने अमेरिकामै पढेर फर्केका ड्रमर तथा कामना न्युज पब्लिकेसन्स्का सीईओ दिरेकलाल श्रेष्ठ नेपालमा बस्छन् । दुई फरक देशमा रहेर पनि यसका सदस्यहरुले स्काइपको माध्यमले एलबमका गीतहरु तयार पारेका हुन्। यसको गीत सबै अमेरिकामा रेकर्ड गरिएको हो ।एल्बममा कुल ७ गीत छन्। यसमा पप रक र आधुनिक गीतका साथमा अंग्रेजीसमेत छन्। ५ गीत बिल्कुल नया“ छन् भने बोनसका रूपमा २ गीत पुरानो एल्बमबाटै राखिएका छन् ।

एल्बममा रहेको २ गीतको भिडियो नेपालमा खिचीएको छ भने १ गीत अमेरिकामा खिचिएको छ। यी म्युजिक भिडियो केही दिनपछि सार्वजनिक गरिने ड्रमर दिरेकलालले जानकारी गराएका छन्। व्याण्डका सदस्यहरुको पेशाअनुसार आवरण तयार पारिएको एल्बम बजारमा आएकै उपलक्ष्यमा यसपालि काठमाडौंमा पहिलोपटक द भाइब्जको कन्सर्ट समेत गरिने भएको छ। कन्सर्टमा भाइव्जका साथमा अर्को लोकप्रिय व्याड द अग्लिज सरिक हुनेछ।