नेपाली चलचित्र बजारमा थपियो तोरी लाहुरे


सेलेब्रिटी नेपाल पौष ९-द्वन्द निर्देशक बाट निर्देशनमा हात हालेका एन.बी. महर्जनले दोस्रो चलचित्र निर्देशन थालेका छन् । बजार चलचित्र बाट सुरु गरेको निर्देशन यात्रा लाई निरन्तरता दिंदै अर्को चलचित्र तोरी लाहुरेको शुभारम्भ सोमबार बिहान एक समारोहका बीच गरेका छन् । रिदम एण्ड दीलिप फिल्मस प्रालिको ब्यानरमा सूर्य थोकर र दिल कुमार तामाङले निर्माण सुरु गरेको यो चलचित्रका प्रमुख तोरी लाहुरेहरु सुवास थापा, गजित विष्ट र रोहित कुमार हुन् । निर्देशक महर्जनका अनुसार महिला कलाकारहरुलाई पनि यो चलचित्रले तोरी लाहुरेको ट्याग दिनेछ । चलचित्रका महिला कलाकारहरूमा आशिष्मा नकर्मी, समुना केसी र जानुका बोहरा हुन् । दिनेश डि.सी. सुशिल पोखरेल, जयनन्द लामा, बालदीप राई, अशान्त शर्मा र सविन शाक्यको पनि मुख्य भूमिका रहने छ । चलचित्र मा कोरियोग्राफी गम्भीर बिष्ट,द्वन्द शंकर महर्जन,संगीत सन्तोष राज को रहने भयको छ ।