‘टिनेज’ साउन २५ गते आउने भो


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘टिनेज’ साउन २५ गतेदेखि देशभर एक साथ प्रदर्शनमा आउने भएको छ । दिनेश पाख्रिनको निर्देशन रहेको यो चलचित्रले युवापुस्ताको कथा बोकेको छ ।

नेपालअघि जापान र कोरियामा प्रर्दशन हुने चलचित्र ‘टिनेज’ मा नरेशवीर सिं, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाह, निर्मल स्याङतान, रेशम फिरिरी लगायतका कलाकारको अभिनय रहेको छ । दुइ दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय नृत्यनिर्देशक दिनेश पाख्रिनले चलचित्र ‘टिनेज’ लाइ निर्देशन गरेका हुन् ।

चलचित्रका गीतमा बिकाश चौधरी र बसन्त सापकोटाको सङ्गीत सुन्न सकिने छ भने डा. कृष्णहरी बराल, हरी उप्रेती र सबिना केसिको गीत रचना रहेको छ । चलचित्रका गीतमा दिक्षा पाख्रिन, लिगेश भट्टराई, सोम लामा, जनक कार्कि र दिपक सिंको कोरियोग्राफि रहेको छ ।

हेलेन पाख्रिन फिल्मस्को व्यानरमा हेलेन पाख्रिनको प्रस्तुति चलचित्र ‘टिनेज’ लार्इ बिरु मगर, बुद्धिमान स्याङतान, निमाया पाख्रिन र देबिका खड्गीले सयुक्त रुपमा निर्माण गरेका हुन् ।