यसपालिको तीजमा नायिका रेखा यूएईमा


सेलिब्रेटी नेपाल काठमाडौँ
Rekha-teej

हिन्दु नारीहरुको महान पर्व हरीतालीका तिज मा स्वदेशमा मात्र नभई बिदेशमा पनि बिबिध साँस्कृतिक कार्यक्रमहरु आयोजना हुने गर्दछन यसै क्रममा यूएईका विभिन्न शहरहरुमा पनि तिज उत्सब कार्यक्रम हुने भएको छ । कार्यक्रमको आयोजना यूएर्इमा लामो समयदेखि रहँदै आएका समाजसेवी रतन थापाले गर्ने भएका छन् । कार्यक्रमको प्रमुख आर्कषण नेपालकी सर्वाधिक रुचाइएकी चर्चित अभिनेत्री रेखा थापा रहने छिन् ।

कार्यक्रममा रेखाका अलावा कलाकार तथा संचारकर्मी श्याम अर्याल, हास्यकलाकार द्धय किशोर भण्डारी ‘डिट्ठासाब’ र रेशमा तिमल्सिना ‘बुनु मैचा’, गायक परशुराम रिजाल, लोक गायिका मिना अधिकारीका साथै यूएइइका स्थानीय कलाकारहरुको सहभागीता रहनेछ ।

कार्यक्रममा सहभागीता जनाउन  टोली बुधबार यूएई प्रस्थान गर्दैछ । यूएईका सारजाह, फुजेरा र दुवईमा हुने तिज उत्सब सेप्टेम्बर ४  र ११ मा आयोजना हुने आयोजकले जनाएका छन् ।