माओबादी द्वन्द कालको सत्य घटनामा बनेको तान्द्रो ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘तान्द्रो’ को ट्रेलर सार्बजनिक गरिएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । माओबादी द्वन्द कालको सत्य घटनामा निर्माण भएको चलचित्र ‘तान्द्रो’ले विभिन्न देशमा भएका १० वटा फिल्म फेस्टिभलमा सहभागिता जनाइ सकेको छ भने २ वटा फेस्टिभलमा बिजयी पनि बनेको छ । साम्तेन भुटियाको निर्देशनमा बनेको चलचित्रमा दयाहांग राइ, राम बाबु गुरुङ,मनिराम पोखरेल,कमल मणि नेपाल,राजन खतिवडा,बुद्धि तामांग,सरस्वति चौधरी,जुनु बिस्ट लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ । सतिश कुमार गौतमले निर्माण गरेको चलचित्र ‘तान्द्रो’कार्तिक २४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ। पुरुषोत्तम प्रधानले छायांकन गरेको चलचित्र लाइ मनोरंजन श्रेष्ठले सम्पादन गरेका हुन् ।