कान्छी स्वेता र दयाको चरी चट्ट परि भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

‘कोहिनूर’ पछि कमब्याक गरेकी अभिनेत्री श्वेता खड्का अभिनित चलचित्र ‘कान्छी’ को पहिलो गीत सार्बजनिक गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै गीत भिडियो सार्बजनिक गरिएको हो राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको चरी चट्ट परी बोलको गीतिमा अञ्जु पन्तको फिमेल भोकल रहेको छ । संचारकर्मी तथा पुराना अग्रज फिल्मकर्मी हरुको बाक्लो उपस्थिति रहेको थियो सार्बजनिक गीतमा श्वेतासँग अभिनेता दयाहाङ राई, कलाकार प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ लगायतले कम्मर मर्काएका छन् ।

वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले दयाहाङलाई पहिलो पटक सरल तरिकाले नचाएका छन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको भिडियो लाइ बनिश शाहले सम्पादन गरेका हुन् आकाश अधिकारी निर्देशित चलचित्र ‘कान्छी’ को सम्पूर्ण छायाँकन सकेर पहिलो गीति भिडियो सार्वजनिक गरिएको हो । चलचित्रको प्रदर्शन मिति माघ २६ लाई तोकिएको छ ।

चलचित्रमा श्वेता र दयाहाङसँगै निर शाह, प्रज्जवल सुजल गिरी, अनु शाह, भूमिका श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ । ‘कान्छी’ मा राजनराजसँगै अर्जुन पोखरेलको संगीत रहेको छ भने रविन खड्का र शैलेस खड्का निर्माताको रुपमा छन् ।