स्वस्तीमाले आँखामा आँखा जुधाई कसलाई के भन्न चाहन्छिन ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

‘नाई नभन्नू ल को पाँचौ सिरिज ‘नाई नभन्नू ल ५’ को पहिलो गीत सार्बजनिक गरिएको छ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको पहिलो गीत सार्बजनिक गरिएको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य पात्र नव-नायक अभिषेक नेपाल र स्वस्तीमा खड्कालाई फिचर्ड गरिएको छ ।

‘नाई नभन्नू ल’ सिरिजको मुख्य विशेषता भनेकै यसको संगीत पक्ष हो । यस अघिका चार वटै सिरिजमा समाबेश गीतले दर्शकको मन छुन सफल भएका छन् ।
सार्बजनिक गीतमा बसन्त सापकोटाको संगीत, दिनेश थपलियाको शब्द र मेलिना राईको स्वर रहेको छ ।

विकाशराज आचार्यले निर्देशन गरेको चलचित्रलाई हरिबोल भण्डारी र गौरी जोशीले निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र बिष्णुमणि दाहाल हुन् । वान टाइम सिनेमाको व्यानरमा निर्माण भएको चलचित्रमा बसन्त सापकोटाको संगीत, अर्जुन जिसीको सम्पादन, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा अभिषेक र स्वस्तिमको अलावा दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मी, सेड्रिना शर्माको मुख्य भूमिका रहेको छ । चलचित्रको कथा सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यले लेखेका हुन् । चलचित्र भाद्र ८ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ।