‘सुश्री सम्पत्ती’को पहिलो गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

संचारकर्मी समेत रहेका निर्देशक सुब्रत आचार्यको निर्देशनमा बनेको चलचित्र ‘सुश्री सम्पत्ती’को पहिलो गीत सार्बजनिक गरिएको छ राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि चलचित्रमा समावेश ‘हुकुम बक्सियोस्’ बोलको गीत सार्बजनिक गरिएको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य तीन पात्रलाई राजा, सेनापती र रानीको गेटअपमा प्रस्तुत गरिएको छ । चलचित्रमा सलोन बस्नेत, विनोद न्यौपाने र सारा सिर्पालीको मुख्य भूमिका रहेको छ

सार्बजनिक गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ गीतमा विशाल राई र मेलिना राईको स्वर रहेको छ । राहुल इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता रमेश त्वयना हुन् । ‘सुश्री सम्पत्ती’लाई विज्ञान राई, नुनम सुब्बा र रमन शिलाकारले मिलेर निर्माण गरेका हुन् ।
चलचित्र ‘सुश्री सम्पत्ती’मा गम्भिर बिष्टको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायांकन, भरत रेग्मीको सम्पादन रहेको छ ।

चलचित्रमा सलोन बस्नेत, विनोद न्यौपाने, सारा सिर्पालीका अलावा प्रमोद अग्रहरी, राजाराम पौडेल, सुनिता श्रेष्ठ ठाकुर, रोशनी कार्की, सन्तोष खनाल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।