‘सुश्री सम्पत्ति’ भाद्र २२ मा


सेलिब्रेटी नेपाल काठमाडौँ

सञ्चारकर्मी सुव्रत आचार्य निर्देशित चलचित्र ‘सुश्री सम्पत्ति’ भाद्र २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन भएको छ । वितरकसँगको छलफलपछि रिलिज डेट तय गरिएको निर्माण पक्षले जनाएको छ ।

प्रदर्शन मिति घोषणा सँगै निर्माण टिमले चलचित्रको फस्टलुक पोष्टर पनि सार्वजनिक गरेको छ । पोष्टरमा चलचित्रका तिन पात्र सलोन बस्नेत सारा सिर्पाली र बिनोद न्यौपाने प्रस्तुत छन् । चलचित्रले सम्पन्न परिवारकी एक युवतीको कथा पेश गर्छ ।

यस चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारहरुको अभिनय छ । यसमा प्रियंका कार्कीको पनि अतिथि भूमिका छ ।

सुरेश अधिकारीको शब्द र संगीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायांकन रहेको छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् ।

चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने चलचित्रको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ ।