अस्ट्रेलियामा सुशनको ट्रयापमा परे राजु र प्रतिभा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक सुशन सीको स्वरमा रहेको आइ एम ट्रयाप बोलको गीतको भिडियो सार्बजनीक गरिएको छ । अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा राजु कान र प्रतिभा महर्जनलाइ फिचर गरिएको छ । गायक सुशनकै शब्द तथा संगीत रहेको गीतको भिडियो लाइ राजु कानले निर्देशन गरेका हुन् । कृष्ण सुबेदीले छायांकन गरेको भिडियोलाइ प्रविन श्रेष्ठले सम्पादन गरेका छन् ।