सुरु भयो अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव


सेलेब्रिटी नेपाल मंसिर २३ – गोर्खा सैनिक भर्ती सम्बन्धी केसाङ छेतेनले बनाएको ‘हु विल बी अ गोर्खा’ डकुमेन्ट्रीको प्रदर्शनीसँगै शुक्रबार काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिबल (किम्फ) सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा फेस्टिबलको जुरी सदस्य जोन पोर्टर एलेनन र मारिएने प्लेट्स्चरले सामूहिक रूपमा रिबन काटेर उद्घाटन गरेका हुन् फेस्टिबलको पहिलो दिन दर्शकहरूको उल्लेख्य सहभागीता रहेको थियो केसाङको७५ मिनेट लामो ‘हु विल बी अ गोर्खा’उद्घाटन डकुमेन्ट्रीको रूपमा देखाइएको थियो उक्त डकुमेन्ट्री हेरिरहँदा दर्शकहरू पात्रकै मनोदशामा बगेको अनुभूति हुन्थ्यो । केसाङको डकुमेन्ट्री प्रदर्शन अघि फेस्टिबलमै पि्रमियर हुन लागेको नेपाली फिल्म ‘सुनगाभा’को नायिका दिया मास्केले शास्त्रीय नृत्य पस्केकी थिइन् भने किम्फ अध्यक्ष वसन्त थापाले उद्घाटन मन्तव्य राखेका थिए । राष्ट्रिय सभा गृह र पर्यटन बोर्डमा फेस्टिबल पाँच दिन जारी रहनेछ । पहिलो दिन कुर्ट मोर्गन निर्देशित अमेरिकी डकुमेन्ट्री ‘द आर्ट अफ फ्लाइट’, क्रिस्टोफर उन निर्देशित ‘एमोङ वि-व्वाइज’, आदित्य सेठ निर्देशित भारतीय डकुमेन्ट्री ‘बहादुर: द एक्स्डेन्टल ब्रेभ’ लगायत देखाइएको थियो ।

महोत्सवमा २८ देशका ६२ चलचित्र (डकुमेन्ट्री, फिक्सन, छोटो फिल्म, एनिमेसन र प्रयोगात्मक) समावेश छन् भने नेपालका प्यानोरमातर्फ १० फिल्म छानिएका छन् । केसाङ छेतेनको नयाँ डकुमेन्ट्री ‘हु विल बि अ गोर्खा’को प्रदर्शनीबाट महोत्सब सुरु हुने छ । महोत्सवमा कथानक फिल्म ‘सुनगाभा’ , डकुमेन्ट्री ‘हनी हन्टर्स’ र ओस्कर अवार्डमा मनोनित फिल्म ‘क्याराभान’ डकुमेन्ट्री ‘हिमालयन गोल्ड रस’ समापन समारोहमा विशेष प्रदर्शन गरिने आयोजकले बताए । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी १८ फिल्ममध्ये पहिलो हुनेलाई १५ सय अमेरिकी डलर, दोस्रो तथा तेस्रोलाई एक हजार र पाच सय डलर दिइनेछ। नेपाल प्यानोरमातर्फ उत्कृष्ट डकुमेन्ट्रीलाई माउन्टेन पिपुल नामक नर्वेली संस्थाले ५० हजार रुपैया र फिक्सनतर्फ उत्कृष्टलाई चलचित्र विकास बोर्डले ३० हजार रुपैया पुरस्कार दिनेछ।