चलचित्र उद्योगबाट ब्रेक लिँदैछु – सुरभी जैन


(सेलिब्रेटि नेपाल) काठमाडौँ
Surabhi..
थुप्रै म्यूजिक भिडियो र नेपाली चलचित्रमा अभिनय गरेकी नायिका सुरभी जैनले अब भने चलचित्र क्षेत्रबाट सन्यास लिने भएकी छिन् । नेपाली चलचित्र ‘समय’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी सुरभीले नयाँ वर्षको सुरुवातमा फेसबुक मार्फत औपचारिक रुपमा यस्तो घोसणा गरेकी हुन् ।
आफ्ना बाबुको बिजनेसमा लाग्नको लागि सुरभीले चलचित्र क्षेत्रबाट सन्यास लिने घोसणा गरेकी छिन् । सुरभीले विभिन्न चलचित्रमा अभिनय गरेको भएता पनि समय र नगबेली मात्र प्रदर्शनमा आएक थिए । प्रदर्शनमा आएता पनि चलचित्र असफल भए पछि, सुरभीको चर्चा सेलाउदै गएको थियो । सुरभीले चलचित्र क्षेत्रमा रहँदा आफूलाई माया गर्ने चलचित्रकर्मीलाई धन्यवाद दिदै ‘चलचित्र उद्योगबाट ब्रेक लिँदैछु । तपाईहरु सबैको माया र सहयोग पाउँदा म एकदमै खुसी छु र निकै राम्रो अनुभव पनि लिएँ’ सुरभीले फेसबुकमा भनेकी छिन-‘म बुबाको बिजनेसमा लागेँ, सिक्दै छु, राम्रो उद्यमी बन्न कोसिस गर्ने छु’- उनले प्रस्ट्याइन्न ।
surabhi-jain-status