‘सुनकेशरी’ सोलो रिलिज ! प्रिमियरमा पायो उत्कृस्ट प्रतिक्रिया


सेलिब्रेटी नेपाल काठमाडौँ
फ्राईडे रिलिज अन्तर्गत आज बाट चलचित्र ‘सुनकेशरी’ सोलो प्रदर्शनमा आएको छ । बैशाख अन्तिम सातासम्म नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघ बीचको शेयर बाँडफाँडको विषयमा भएको विवाद र जेठ पहिलो सातादेखि घोषणा गरिएको (यसअघि नै सहमतिमा स्थगित) आन्दोलनको कारण अरु चलचित्रले प्रदर्शन मिति सारेको कारण ‘सुनकेशरी’ ले सोलो रिलिजको मौका पाएको । हो हरर जनरामा बनेको चलचित्र ‘सुनकेशरी’ को बिहिबार साँझ प्रिमियर गरिएको थियो । प्रिमियरमा ‘सुनकेशरी’ ले राम्रो प्रतिक्रिया पाएको छ ।

अभिनेत्री ऋचा शर्माले भिम न्यौपाने र शर्मिला सापकोटासंग मिलेर निर्माण गरेकी हुन । सुनकेशरीको निर्देशन अभिनेता अपर्ण थापा हुन । चलचित्मा सन्नी ढकाल र लउरेका अलवा ऋचा शर्मा, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमालाई रह शर्माले छायांकन गरेका हुन ।