ब्यङ्ग्यात्मक गीतमा सुजन,चाहिदाको भाँडो


हास्य बिधालाई मुख्य प्राथमिकताकासाथ सांगितिक यात्रा गरिरहेका सुजन न्यौपाने पछील्लो समय बिभिन्न मेला महोत्सबमा दर्शकलाई हसाउन ब्यस्त बनेका छन । हास्यब्यंगसंगै म्युजिक भिडियो निर्देशनमा पनि लागिरहेका सुजन एक प्रतिभाशाली कलाकारको रुपमा अघी बढीरहेका छन । सुजनले तीज,लोक दोहोरी र आधुनिक गरी अहिले सम्म करीब चार दर्जन भिडियोको निर्देशन गरिसकेका छन । स्टेजमा ब्यंग गर्दै दर्शकलाई पेट मिचिमिची हसाउन सफल सुजनले छोटो समयमा निकै राम्रो सफलता हासिल गरेका छन ।
sujan neupane
सुजनले अभिनय र निर्देशनसंगै गायनमा पनि आफुलाई उतारेका छन । हालै बजारमा आएको चाहिदाको भाँडो बोलको गीतमा सुजनले स्वर भरेका छन । टी टाईम म्यूजिकको प्रस्तुतीमा रन्जित बाबु नराल (समर्पण)को ब्यङ्ग्यात्मक गीतमा सुजन स्वयम गायन, अभिनय र निर्देशनमा रहेका छन । उक्त गीतको शब्द रन्जित बाबु नराल (समर्पण)ले लेखेका छन । उक्त गितमा संगित एरेन्ज भने नरेश पाण्डेले गरेका हुन । गीतमा सुजन न्यौपानेले बास्तवीक जिवनसंग प्रत्यक्ष मेल खाने, साथिभाइहरुवाट बिस्वास घात गरेका प्रसंग त कहिले आफन्तसंग पैसाको बिवाद,प्रेमिकाले दिएको धोखा त कहिले राजनितिमा लागेर आम युवाले पाएको कष्टका बारेमा खुलेर गितमार्फत प्रस्तुती दिएका छन् । भिडियोको छाँयांकन टंक केसीले गरेका हुन । विकासले सम्पादन गरेका छन । सुजन न्यौपाने आफैले अभिनय गरेको उक्त म्यूजिक भिडियोमा उज्जवल गिरी, प्रिया भण्डारी, ओमहरी, जनप्रपेमी तथा धुर्वको अभिनय देख्न सकिन्छ ।