सुब्रतको ‘सुश्री सम्पत्ति’ घोषणा सलोन र साराको जोडी


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र पत्रकार तथा निर्देशक सुब्रत आचार्यले निर्देशन गर्ने चलचित्र ‘सुश्री सम्पत्ति’ को औपचारिक घोषणा गरिएको छ राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो चलचित्रमा युवा पुस्तामाझ लोकप्रिय नायक सलोन बस्नेत र सुन्दरी नायिका सारा श्रीपालीले स्क्रिन शेर गर्ने भएका छन् । चलचित्रको कथा नायिका साराको वरिपरि यो घुम्ने छ । कमेडी जनरामा निर्माण हुन लागेको चलचित्रको छायांकन फागुन १५ गतेबाट सुरु हुनेछ । चलचित्रको अधिकांश छायांकन पोखरामा हुनेछ । सुख सुविधामा हुर्किएकी एक युवतीको कथा चलचित्रले बोल्छ । वर्ष २०७५ को तीजलाई लक्षित गर्दै प्रदर्शनमा आउने जानकारी पनि उक्त कार्यक्रममा गराइयो ।

चलचित्रमा नायिका प्रियंका कार्कीको गेस्ट रोल रहने छ । विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी,सन्तोष खनाल,रंजित कोइराला लगायतका कलाकारहरुको चलचित्रमा प्रमुख भूमिका रहने छ । सुरेश अधिकारीको शब्द र संगीत रहने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायांकन रहने छ ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको चलचित्र ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुब्रत आफैंले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने चलचित्रको स्क्रिन प्ले अभिमन्यूकै रहेको छ । चलचित्रको क्रियटिभ हेडको रुपमा जया शर्माले काम गर्ने भएकी छिन ।