बुगी वुगीबाट चर्चामा आएका सृष्टि र रविनको ‘सुनन मैंया…’ सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

अन्तरराष्ट्रिय डान्सिङ रियालिटी शो बुगी वुगीको नेपाल फ्रेन्चाइजबाट चर्चामा आएका कलाकार सृष्टी महर्जन र रविन भुजेलको अभिनय रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

रोनन सुव्वाको स्वरमा रहेको ‘सुनन मैंया…’ बोलको गीतको भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका हुन । गीतमा बाबु बोगटीको शव्द संगीत रहेको छ ।
सुबेदीकै कन्सेप्ट रहेको भिडियोले काठमाडौंका घरभेटी र सडकको अवस्थालाई समेत व्यङ्ग प्रहार गरेको छ । रमाइलो शैलीमा निर्माण भएको भिडियोमा रविनको र सृष्टि दुबैको डान्सले समेत प्राथमिकता पाएको छ ।

बुगी वुगीमा सार्वधिक रुचाइए पनि उत्कृष्ट ५ बाट बाहिरिएका यि कलाकारहरुले भिडियोमा आफ्नो कलमय जादु छर्न सफल भएका छन् । बुगी वुगी पछिको पहिलो भिडियो भएकोले पनि रविन र सृष्टि दुवै उत्साहित देखिएका छन् ।

निर्देशक सुबेदीले गीतको भाव अनुरुप नै भिडियो तयार गरेको बताएका छन् । गीतको सबै पक्ष अव्वल रहेकोले दर्शकले मन पाराउनेमा गायक रोनन पनि निकै आशाबादी देखिएका छन् ।भिडियोमा अनिल के. मानन्धरको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन र रोहिया महर्जनको कोरियोग्राफी रहेको छ ।