सृष्टिको ‘कर्के नजर’ सुवासमा परे पछि (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका मेलिना राई र यूवा गायक जोसेफ शाही ठकुरीको आवाजमा कर्के नजर बोलको गित सार्वजनिक गरिएको छ । लोक–पप फ्यूजन शैलिमा बनेको रोमान्टिक गितको म्यूजिक भिडियोलाई हाईलाईट्स नेपालको यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । काले दाई, कान्छि मट्याङ–ट्याङ जस्ता दर्जनौ गितमा संगित भरिसकेका संगितकार कोशिष क्षेत्रिको संगित रहेको कर्के नजरमा वासुदेव नेपालको शव्द रहेको छ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गितमा सृष्टि खड्का र सुवास तिमल्सिना फिचर छन् । पछिल्लो समय भिडियो सम्पादन भन्दा निर्देशनमा व्यस्त निशान घिमिरेले कर्के नजरको भिडियो निर्देशन गरेका हुन । बालाजु स्थित एन.एफ.डि.सी स्टुडियायोमा खिचिएको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन भने बिकाश दाहालले सम्पादन गरेका छन । डान्सिङ शैलिका गितले राम्रो बजार पाईरहेको अवस्थामा सोही शैलिलाई कर्के नजरको भिडियोमा केही फरक तरिकाले प्रस्तुत गर्न खोजिएको छ ।