साउथ इंडियन सुपरस्टार रवि तेजा सबैभन्दा धनी र महँगा


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
साउथ इंडियन सुपरस्टार रवि तेजा सबैभन्दा धनी र महँगा अभिनेतामा पर्छन दक्षिण भारतीय चलचित्र बलिउडभन्दा सानो छ तर त्यहाँका सुपरस्टार जुनसुकै कुरोमा होस् बलिउड सुपरस्टारलाई प्रतिस्पर्धा गर्न सक्छन । चलचित्रदेखि फ्यान फलोइङसम्म साउथ सुपरस्टार्स कम छैनन् । यस्तै अभिनेतामध्ये पर्छन् रवि तेजा । रवि तेजा साउथ इंडियन सुपरस्टारको सूचीमा पर्छन् । उनको प्रसिद्धि कति धेरै छ भन्ने कुरो उनलाई दर्शकले सम्बोधन गर्ने शब्दबाटै प्रष्ट हुन्छ । रवि तेजालाई साउथमा ‘मास महाराजा’ का नामले चिनिन्छ ।

रवि तेजा तेलुगु सिनेमाका सबैभन्दा धनी अभिनेतामा पर्छन् । उनी त्यहाँका सबैभन्दा बढी कमाइ गर्ने अभिनेतामा पनि पर्छन् । उनले आफ्नो करियरको सुरुआत सन् १९९० मा ‘सपोर्टिङ आर्टिस्ट’ का रूपमा सुरु गरेका हुन् । त्यसपछि उनले अन्य थुप्रै चलचित्रमा साधारण भूमिका निर्वाह गरे ।
शीर्ष अभिनेताका रूपमा रवि तेजाले सन् १९९९मा आएको चलचित्र ‘नी कोसम’ बाट गरे । यसै चलचित्रका लागि उनलाई त्यहाँको प्रतिष्ठित अवार्ड नंदी अवार्डबाट सम्मानित गरियो ।

फोर्ब्स पत्रिकाले उनलाई वार्षिक १५ करोडभन्दा माथि कमाइ गर्ने अभिनेताका रूपमा सूचीकृत गर्यो । १०० जनाको सूचीमा रवि तेजाको नाम ५० औँ स्थानमा थियो । दिनहुँजसो टेलिभिजनमा उनको चलचित्र देखाइन्छ । रविको लोकप्रियताकै कारण मान्नुपर्छ उनको चलचित्र हेरेर दर्शकले अहिले पनि सिट्टी बजाउँछन् । निर्देशक पुरी जगन्नाधका साथ उनले कयौँ हिट फिल्म दिएका छन् । पुरीकै कारण रवि तेजा सुपरस्टार बनेको भनिन्छ । उनका कयौँ चलचित्र अन्य निर्देशकको अनुभव बने । अक्षय कुमार अभिनित ‘राउडी राठौर’ रवि तेजाकै एउटा चलचित्रको रिमेक थियो । उनी आफ्नो पारिश्रमिक दुईदेखि पाँच करोडसम्म लिन्छन् । हैदराबादमा उनको एउटा घर र एउटा फार्महाउस छ । यसबाहेक उनको निकै सम्पत्ति छ । गाडीहरूको पनि सुन्दर कलेक्सन छ । मर्सिडिजदेखि रेन्ज रोवर र फच्र्युनरजस्ता कयौँ गाडी रवि तेजासँग छन् ।