सलमान जस्तै यार चाहियो सोनिकालाई (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली म्युजिकको बजार घट्दै गय पनि नेपाली गीत र भिडियो निर्माण हुने क्रम घटेको छैन आज बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि गायिका सोनीका लामाको नयाँ भिडियो सार्बजनिक गरियो । केही महिनाअघि मात्र सोनिकाले ‘जवानीमा लाली चढ्यो’ बोलको म्युजिक भिडियो ल्याएकी थिइन् । जसको चर्चा सेलाउन नपाउँदै उनले ‘सलमान जस्तै यार चाहियो’ बोल म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । सोनिकाले आफ्नो म्युजिक भिडियोमा सलमान अभिनेता सविन श्रेष्ठलाई बनाएकी छन् ।
sonika-lamaसोनिकाको चौथो एल्बम ‘सोनिका’ मा संगृहीत ‘सलमान जस्तै यार चाहियो’ गीतको भिडियोमा सविनसँग सोनिका आफैले मोडलिङ गरेकी छन् । केदार नेपालीको शब्द तथा संगीत रहेको यस गीतको भिडियो निर्देशन दशरथ गिरीले गरेका हुन् । यस म्युजिक भिडियोमा नरेशबीर सिंहको कोरियोग्रफी रहेको छ भने छायांकन रामेश्वर कार्कीले गरेका हुन् । सोनिकाको ‘सलमान जस्तै यार चाहियो’ गीतको भिडियो निर्माण चियर्स इन्टरटेनमेन्टले गरेको हो । सोनिकाले यसअघि ‘बेसहारा’, ‘कस्तो यो जीवन’ र ‘सोनिकाको जवानी’ नामका एल्बम बजारमा ल्याईसकेकी छन् ।