सामाजिक कार्यमा अग्रसर कालिन्चोक फाउन्डेसनले गर्यो रक्तदान कार्यक्रम


सेलिब्रिटी नेपाल काठमाडौँ

सामाजिक कार्यमा लाग्नको लागि मन भित्रै देखि उर्जा आउनु पर्दछ । सामाजिक कार्य गर्दा जति आनन्द मिल्छ त्यो आनन्द अन्य काम बाट मिल्दैन । सामाजिक कार्यहरु गर्ने उदेश्यका साथ स्थापना गरिएको कालिन्चोक फाउन्डेसन नेपालले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । काठमाडौँ गौशालामा अबस्थित सुमार्गी भवनमा आयोजना गरिएको रक्तदानमा ५४ जनाले आफ्नो रगत दान गरेका छन् । रक्त संचार केन्द्रको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा रक्दान गर्न इच्छुक उपस्थित थुप्रै व्यक्ति हरुले स्वास्थ्यका कारण रक्तदानमा सहभागी हुन नसकेको कुरा कालिन्चोक फाउन्डेसनका अध्यक्ष दिनेश खड्काले जानकारी दिए ।

सामाजिक कार्य गर्नको लागी धन मात्र भएर हुदैन मन पनि चाहिन्छ,समाज सेवा एक ब्याक्तिले भन्दा पनि समुह र सम्पुर्ण परोपकारी मनहरुको साथ,सहयोग र सहकार्यमा हुने भएकोले आगामी दिनमा गरिने सामाजिक काममा ब्यक्ति,संस्था लगायत देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण परोपकारी मनहरुलाई साथ,सहयोग र सहकार्यको लागी फाउन्डेसनले सबिनय अनुरोध पनि गरेको छ।

लामो समय देखि नेपाली गीत संगीतको क्षेत्रमा कार्य गर्दै आएका खड्का र अन्य उर्जासिल साथीहरुको सक्रियतामा बिसेष गरि स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने उदेश्यका साथ स्थापना भएको फाउन्डेसनले अन्य थुप्रै सामाजिक कार्य गर्दै जाने योजना बनाएको छ । यहि असोज २७ र २८ गते रामेछाप मन्थली नगरपालिका वडा नम्बर ११ र १२ मा बृहत निशुल्क स्वास्थ्य शिबिरको आयोजना गर्ने भएको छ स्वास्थ्य शिविरमा निशुल्क औषधि पनि वितरण गरिने छ । निकट भबिस्यमा दुइ वटै वडालाइ समेटेर एम्बुलेन्स वितरण गर्ने पनि कार्य रहेको कालिन्चोक फाउन्डेसनका अध्यक्ष दिनेश खड्काले जानकारी गराए । सामाजिक कार्यका साथ साथै नेपाली कला र गीत संगीतको क्षेत्रको बिकाशको लागि पनि फाउन्डेसन लागि पर्ने छ ।