आँखीझ्याल ल्याऊदै रमेश


सेलिब्रेटी नेपाल काठमाडौँ
Ramesh-Shresthaनेपाली गीत संगीतमा आफ्नो भबिस्य खोज्ने युवा युवतीको कमि छैन संगीत बजारमा तर नेपाली संगीत बजार कहाँ छ र कुन अबस्थामा छ कसैले भन्न सक्दैनन संगीतमा भबिस्य बनाउने उधेस्यका साथ दोलखाको मकैबारीमा जन्मेका गायक तथा संगीतकार रमेश श्रेष्ठ अहिले सांगीतिक दुनियाँमा रमाईरहेका छन । श्रेष्ठको आफ्नै संगीतमा पहिलो एल्बम “आँखा” बजारमा आइ सकेको छ । “आँखा” एल्बममा चर्चित गीतकारहरुको गीतमा आफ्नै संगीतमा तयार पारेको एल्बमको सफलता संगै दोस्रो एल्बमको तयारीमा जुटेका छन् आजभोली रमेश । रमेश सांगीतिक क्षेत्रमा लागेको एक दशक भएको उनि बताउछन् ।

दोस्रो एल्बम “आँखीझ्याल” स्रोता माझ एकदमै पृथक र छुट्टै स्वादमा ल्याउने उनको योजना रहेको छ । “आँखीभ्याल” एल्बममा समेटिएको शिर्ष गीत “सिरुपाते ओठ” बोलको गीत म्यूजिक भिडियोको तयारीमा जुटेको र चाँडै नै दर्शक माझ उक्त गीतको भिडियो सार्वजनिक गरिने उनले बताए । उनको पहिलो एल्बमको गीत मैलै माया…, मैतिर हेरि…. र खै त रातको म्यूजिक भिडियो बजारमा ल्याईसकेका छन् ।