‘उडी जाने’ लिएर गायक प्रविन प्रसाई (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक प्रविन प्रसाई आफ्नो नया गीत ‘उडी जाने’ लियर नेपाली सांगीतिक बजारमा आएका छ। उनी करिब १ बर्ष पछि आफ्नै शब्द,संगीत र शैलेन्द्र प्रधान ‘ बाबु ‘को संगीत संयोजनमा ”उडी जाने” लिएर आएका हुन् करिब १ हप्ता अघि आफ्नै यु ट्युब च्यान्नल मार्फत गीतको अडियो तथा भिडियो सार्बजनिक गरेका गायक प्रविनको म्युजिक भिडियोमा सुन्दर दृश्यहरु समाबेश गरिएका छन ।

भिडियोको छायांकन,सम्पादन र निर्देशन बिपिन रिजालले गरेका हुन् । पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा जन्मिइ हाल झापाको सुरुङामा स्थायी घर भएका प्रविनले करिब १० बर्ष अगाडि झापा बाटनै गीत संगीतको यात्रा सुरु गरेका थिए। ८ बर्ष अगाडी पहिलो एल्बम बजारमा ल्याएका प्रविन हाल सांगीतिक क्षेत्रको अलवा राजधानी काठमान्डौमा रहेर व्यवसायमा पनि ब्यस्त छन । आफ्नो कार्य ब्यस्तताले पुरा समय दिन नपाय पनि बर्षमा एकवटा गीत निकाल्दै आइरहेको र आगामी दिनमा पनि यो यात्रा जारी राख्ने उनले बताए ।