पोइल जान पाम् भन्ने गायिका कोमल ओली सद्भावना प्रवेश गर्दै


komal-oli cbn
(सेलिब्रेटी नेपाल) १५ असार-चर्चित लोकगायिका कोमल वली राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टीमा प्रवेश गर्ने भएकी छन्। पार्टी प्रवेशका लागि उनले सद्भावनाका नेताबीच दुई चरणमा छलफल गरिसकेकी छन्। अध्यक्ष महतोसँग अब एक पटक अन्तिम चरणको छलफल गरसकेपछि उनी औपचारीक रूपमै सद्भावना प्रवेश गर्ने कार्यक्रम रहेको आजको नयाँ पत्रिकामा खबर छ।

वलीले पनि सद्भावना पार्टीमा प्रवेशको लागि पार्टीका नेताहरूसँग कुराकानी भइरहेको बताइन्।’सद्भावना पार्टीमा प्रवेश गर्नका लागि पार्टीका नेताहरूले मलाई अफर गरेका छन्, यस विषयमा कुराकानी भइरहेको छ,’ वलीले भनिन्,’ अब पार्टी अध्यक्ष महतोसँग अन्तिम चरणको कुराकानी गरेपछि निर्णय गर्नेछु।’

सद्भावना पार्टीका महामन्त्री मनीष सुमनले पनि गायिका वली प्रवेश गर्ने कुराकानी अन्तिम चरणमा पुगेको बताए।’उहाँ(वली) सद्भावनामा आउने निश्चित भएको छ,’ महामन्त्री सुमनले भने।