श्रीदेवीलाई राजकीय सम्मानका साथ विदाई ! अन्तिम दर्शनका लागि बलिउडनै उर्लियो


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

भारतीय अभिनेत्री श्रीदेवीको शवलाई राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ । बुधबार मुम्बईको विले पार्ले सेवा समाज आर्यघाटमा उनको अन्तिम संस्कार गरियो । पन्चतत्वमा विलिन हुनु भन्दा पहिले पति बोनी कपूरले श्रीदेवीको शवमा दागबत्ती दिए ।

यो भन्दा अगाडी श्रीदेवीको पार्थिव शरीरलाई लोखंडवालास्थित सेलेब्रेसन क्लबमा अन्तिम दर्शनका लागि राखिएको थियो । श्रीदेवीको अन्तिम दर्शनका लागि बलिउडनै उर्लियो ।

सेतो फुलले सजाईएको ट्रकमा उनको शब राखेर यात्रा गरिएको थियो । शवयात्रामा हजारौंको भिड सडकमा देखियो । उनको पार्थीव शरीरमा हजारौं शुभचिन्तकहरुले सडकमा उभिएर फुल चढाउँदै बिदाई गरे । त्यस्तै राजनीतिक क्षेत्रका हस्ति र उनका फ्यानहरु श्रीदेवीको अन्तिम यात्रामा हिडे । श्रीदेवीको पार्थिव शरीरलाई सुहागन जस्तै सजाईएको थियो ।