श्रमिकहरुको पिडा बोकेको चलचित्र पसिना ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘पसिना’को ट्रेलर सार्बजनिक गरिएको छ । बिहिबार हाईलाइटस् नेपालको यु ट्युब मार्फत ट्रेलर सार्बजनिक गरिएको हो । मजदुर दिवसको छेको पारेर चलचित्र २०७५ साल बैशाख १४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । ‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने स्लोगनका साथ चलचित्रको प्रचार प्रसारको पनि थालनी भएको छ । श्रमिकहरुको हक हितको कथा बोल्ने चलचित्र लाइ निर्देशक आर.बि.खत्री ‘शरद’ ले निर्देशन गरेका हुन् । चलचित्रले बिशेसत महिला श्रमिक हरुको पिडा लाइ उठान गरेको छ । चलचित्रमा समाजसेवी शान्ता ढकाल र इन्जिनियर संजय महतोको लगानी रहेको छ । नन स्टप क्रियसनको ब्यानरमा निर्मित चलचित्र पसिनाका कार्यकारी निर्मातामा रमेश एम.के.पौडेल रहेका छन् ।

चलचित्र ‘पसिना’ मा गौरब पहाडी,अनु शाह,सरोज खनाल,रबि गिरि,धुर्ब कोइराला,जयनन्द लामा,सरोज अर्याल,सृजना अधिकारी,शिब शंकर रिजाल,सुरज के.सी.शारदा गिरीको मुख्य भूमिका रहेको छ । जीवन गौतम मुख्य निर्देशक रहेको चलचित्रका निर्माण नियन्त्रक लिसन डी.सी.र कृष्ण लामा रहेका छन् ।राजनराज शिवाकोटी,थिराज राई र दिपक शर्मा को संगीत रहेको चलचित्र लाइ नबिन निरौलाले सम्पादन गरेका छन् भने शिब बि.क.को नृत्य निर्देशन तथा देब महर्जनको द्वन्द रहेको छ । चलचित्रमा लक्ष्मी गिरि र रामकाजि बस्न्यात सह निर्माता रहेका छन् भने चलचित्रलाइ राम के.सी.ले छायांकन गरेका हुन् । निर्देशक आर.बि.खत्री ‘शरद’कै कथामा बनेको चलचित्रले सामाजिक र यथार्थ घटनालाई उतार्ने प्रयास गरेको छ ।