शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ मा बर्षा र संजोग


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली सिने जगतका पुराना कलाकार शिव श्रेष्ठ अब निर्माता बन्ने भएका छन् उनले निर्माण गर्न लागेको चलचित्र को नाम ‘एउटा यस्तो प्रेम कहानी’ जुराईएको छ । चलचित्रको अहिले धमाधम प्रि प्रोडक्शनको काम भैरहेको चलचित्रका निर्देशक दिपेश सापकोटाले बताए । यो चलचित्रमा नायक शिव श्रेष्ठको विशेष एक्सन देख्न पाइने छ । चलचित्रमा बर्षा र संजोगलाई प्रेम जोडीको रुपमा देखाउन लागिएको छ । निर्देशकले बर्षा र संजोगलाई रोमान्टिक अवतारमा प्रस्तुत गर्ने भएका छन् ।’निर्देशक सापकोटाले यसअघि चलचित्र ‘मन्दिरा’ को निर्देशन गरिसकेका छन् । चलचित्रमा ‘बागमती’का निर्माता दिनेश दर्शनधारी र यशोदा राइको पनि लगानी रहनेछ ।

चलचित्रमा देखिन लागेका बर्षा राउत र सन्जोग कोइरालाको जोडी ‘रिल लाइफ’को जोडी मात्रै नभएर रियल (वास्ताविक) जीवनका जोडी (प्रेमी-प्रेमिका) समेत भएको एक इन्टरभ्युमा उनीहरुले स्वीकार गरिसकेका छन् । रियल (वास्ताविक) जीवनका जोडीलाई पर्दामा उतार्दा भूमिका अझै जिवन्त हुन सक्ने भएर नै शिव श्रेष्ठले यस्तो जमर्को गरेको अनुमान गर्न सकिन्छ ।