शिल्पाको चलचित्र हेरेर रोइन रेखा थापा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

शिल्पा पोखरेल प्रस्तुतकर्ता रहेको चलचित्र ‘मंगलम’को प्रेस शो सम्पन्न भएको छ शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्रको आइतबार प्रेस शो आयोजना गरिएको हो । छविराज ओझा निर्मित र नवल नेपाल निर्देशित चलचित्र हेर्न रेखा थापा पनि पुगेकी थिइन् । प्रेस शोमा सबैको नजरमा रेखा थापा र शिल्पा पोखरेल परेका थिए । निकै खुसि मुद्रामा देखिएकी रेखा पुर्व पति छविराज ओझासँग पनि तस्बिर खिचेकी थिइन् ।पछिल्लो समय रेखा र छविराज सम्बन्ध निकै सुध्रिन्दै गएको जस्तो देखिन्छ ।

शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्वीराज प्रसाइ, निर शाह, मिथिला शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह जस्ता कलाकारहरुको मुख्य भुमिका रहेको ‘मंगलम’ हेर्ने सबैले चलचित्र राम्रो बनेको भन्दै तारिफ गरेका छन् ।