शिल्पा र पृथ्वीको मायामा वीराङ्गना दोश्रो गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

असार २९ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्र वीराङ्गनाको दोस्रो गीत सार्वजनिक गरिएको छ । गीतमा नायिका शिल्पा पोखरेल र नायक पृथ्वी राज प्रसाईंलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । दिपक शर्माको संगीत र रघु परियारको शब्द रहेको ‘तिम्रो हाम्रो मायामा बियर परेछ’ बोलको गीतमा कृष्ण काफ्ले र रेश्मा पुनको स्वर रहेको छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतलाई रामेश्वर कार्कीले खिचेका हुन् । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्र ‘वीराङ्गना’ फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् ।

सुमी चामलिङ राई सह निर्माता रहेका छन् । नारी प्रधान एक्शन लभ जनरामा निर्माण गरिएको चलचित्रमा शिल्पा र पृथ्वीका अलावा अनुपविक्रम शाही, प्रज्वल गिरी, प्रिया रिजाल, धिरेन शाक्य, सुशील पोखरेल, कृष्ण शिवाकोटी, ध्रुव कोइराला, अंशु थापा, अमृत सापकोटा लगायतको अभिनय रहेको छ । ‘वीराङ्गना’ को यश अघि तिमी पुलिस म नि पुलिस बोलको गीत सार्वजनिक भइसकेको छ ।