अबिबाहित शिल्पा पोखरेलको पिठ्युँमा दुइ वटा बच्चा


सेलिब्रेटी नेपाल काठमाडौँ

केरुङ्ग फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्र ‘हामि सरणार्थी’ को फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ । सार्बजनिक पोस्टरमा नायिका शिल्पा पोख्रेल ले दुइ वटा बच्चा लाइ बोकेकी छन् बिजय केरुङ्गको कथा र निर्देशनमा बनेको चलचित्र अर्जुन कुमार पोखरेल,प्रकाश भण्डारी र प्रकाश सिवाकोटीको लगानीमा बनेको हो भने कृष्ण प्रसाद पोखरेल कार्यकारी निर्माता हुन् ।

उत्तम जंग लिम्बुको संगीत रहेको चलचित्र लाइ सौरभ लामाले छायांकन गरेका छन् भने हिमाल के.सी को द्वन्द र कमल राइको नृत्य निर्देशन रहेको छ । चलचित्र ‘हामि सरणार्थी’ मा शिल्पा पोखरेल,जीवन भट्टराई,नयन घिमिरे,बिक्रम श्रेष्ठ,प्रतिमा रसाइली,प्रमिला उप्रेती,बाल्दिप राइ र दिलिपको मुख्य भूमिका रहेको छ । चलचित्र भाद्र ८ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।