शिल्पाको ‘वीराङ्गना’ असार २९ बाट प्रदर्शनमा आउने


सेलिब्रेटी नेपाल काठमाडौँ

शिल्पा पोखरेल र अनुप विक्रम शाहि अभिनित चलचित्र ‘वीराङ्गना’ असार २९ बाट देशभर प्रदर्शनमा आउने भएको छ । निर्देशक राज बहादुर सानेले आफ्नो जन्म दिनमा चलचित्रको छायाँकनमा सहयोग गर्ने व्यक्तिहरु श्सस्त्र प्रहरीका नव नियुक्त आईजिपी शैलेन्द्र खनाल, सुरेश पन्थी, छविराज ओझा लगायतलाई धन्यवाद ज्ञापन गर्दै चलचित्रको प्रदर्शन मिति सार्बजनिक गरेका हुन्।

चलचित्रको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् । नारी प्प्रधान चलचित्रलाई एक्शन जनरामा निर्माण गरिएको हो । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह निर्माता रहेको ‘वीराङ्गना’ र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो ।

चलचित्रमा शिल्पा र अनुप विक्रमको साथमा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, धुर्ब कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।