‘शत्रु गते’ हेरे प्रधान सेनापति क्षत्रीले


सेलिब्रेटी नेपाल काठमाडौँ

प्रदर्शनरत चलचित्र ‘शत्रु गते’ ले ब्यबसायिक सफलता संगै दर्शकको प्रतिक्रिया पनि राम्रै बटुलिरहेको छ । चलचित्रलाई दर्शकले रुचाएका छन् । चलचित्रले नेपालमा व्यापार राम्रो गरेको छ नै साथै नेपाल बाहिरको शो पनि अधिकाँस ‘सोल्ड आउट’ नै भईरहेको छ । चलचित्रलाई हेर्नेको भिडभाड बढिरहदा यसलाई देशका उच्च पदाधिकारीले पनि हेरिरहेका छन् ।

केहि दिन अगाडी मात्र पुर्व प्रधानमन्त्री झलनाथ खनालले चलचित्र हेरेका थिए । प्रधान सेनापति राजेन्द्र बहादुर क्षत्रीले पनि चलचित्र हेरेका छन् । सैनिक उच्च पदाधिकारी र परिवार सहित प्रधानसेनापति क्षत्रीले चलचित्र हेरेका छन् । राजधानी स्थित क्युज सिनेमामा भएको विशेष शो मा उनि संगै वरिष्ठ कलाकार नीर शाह, अन्य सैनिक पदाधिकारीसंगै कांग्रेस नेता जगदीश नरसिंह केसी , नेत्री तथा गायिका कोमल ओली लगायतले पनि यसलाई मनोरंजनको पूर्ण प्याकेज भएको बताएका छन् ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , किरण केसी , दीपकराज गिरी , दीपाश्री निरौला , पल शाह , प्रियंका कार्की , आँचल शर्मा , राजाराम पौडेल , शिवहरी पौडेल , बसुन्धरा भुषाल , रमेश रंजन झा लगायतको अभिनय रहेको छ ।

चलचित्रलाई ‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टाराईले निर्देशन गरेका छन् । चलचित्रलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।