प्रतिक्षित चलचित्र ‘शत्रु गते’को ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
यस बर्षको प्रतिक्षित चलचित्र ‘शत्रु गते’को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । मल्टीस्टार र सार्बजनिक गीत/संगीतको कारण ‘शत्रु गते’ पछिल्लो समय चर्चामा रहेको चलचित्र हो । ‘जात्रा’ निर्देशक प्रदीप भट्टराई निर्देशितचलचित्र चैत ९ गते बाट सार्बजनीक प्रदर्शनमा आउनेछ । वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यका अलावा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

महसञ्चारको व्यानरमा निर्मित चलचित्रको कार्यकारी निर्माता किरण केसी हुन् । चलचित्रका निर्मातामा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य रहेका छन् । चलचित्रमा टंक बुढाथोकी/कालीप्रसाद बाँस्कोटाको संगीत, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज/प्रविन सिंहको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन र दिर्घ गुरुङ छायाँकन रहेको छ ।