‘शत्रु गते’ टिम एक हप्ते मोफसल यात्रामा


सेलिब्रेटी नेपाल काठमाडौँ

गीत संगीत तथा ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ‘शत्रु गते’ ले मोफसल टुर गर्ने भएको छ । मोफसलका दर्शक तथा सञ्चारकर्मीसंग भेटघाट गर्ने उदेश्यले चलचित्रको मोफसल टुर गर्न लागिएको हो । ‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यस यात्रामा कलाकार हरिवंश आचार्य , किरण केसी , शिवहरी पौडेल , पल शाह , आँचल शर्मा र जुनु रिजाल काफ्ले रहनेछन । टुरमा स्थानीय दर्शकलाई विभिन्न प्रस्तुति समेत पस्किने छन् । टुर २३ गते देखि ३० गतेसम्म चल्नेछ । टुर २३ गते हेटौडा , २४ गते नारायणगढ , २५ गते बुटवल , २६ गते पोखरा , २८ गते बिर्तामोड , २९ गते दमक र ३० गते इटहरीमा हुनेछ ।

चलचित्रलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् ।

चलचित्रमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । चलचित्र चैत्र ९ मा रिलिज हुनेछ ।