शत्रु गते दोस्रो गीत सार्बजनिक ! पल र आंचलको सुहाएको जोडी


सेलिब्रेटी नेपाल काठमाडौँ

महासंचारको ब्यानरमा निर्मित चलचित्र ‘शत्रु गते’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समाबेश दोस्रो गीत सार्बजनिक गरिएको हो । ‘पिरतीको बर्को’बोलको गीत लाइ काली प्रसाद बास्कोटाले स्वर र संगीत दिएका छन् भने गीतमा शब्द अर्जुन भट्टराईले लेखेका हुन् । गीतको भिडियोमा पल शाह र आँचल शर्मा फिचरिङमा छन् । प्रविन सिंहल भिडियोमा उत्कृस्ट कोरियोग्राफी गरेका छन् ।

चलचित्रमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, राजाराम पौडेल, शिवहरी पौडेल, मदनकृष्ण श्रेष्ठ, किरण केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । किरण केसीको निर्माणमा बनेको ‘शत्रु गते’ लाई जात्रा निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ । चैत ९ गतेबाट प्रदर्शनमा आउने छ ।