‘शत्रु गते’ मोफसल टुर सकियो


सेलिब्रेटी नेपाल काठमाडौँ

पछिल्लो समय गीत संगीत तथा ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ‘शत्रु गते’ ले मोफसल टुर सकेको छ । आउदो चैत्र ९ मा प्रदर्शनमा आउने चलचित्रको बारेमा जानकारी गराउने तथा दर्शकसंग प्रत्यक्ष भेटघाट गर्ने उदेश्यले टुरको आयोजना गरिएको निर्माण युनिटले जनाएको छ ।

रुस्लान भोड्कासंगको सहकार्यमा ’रुस्लान मह शत्रु गते यात्रा’ नाम दिइएको टुरमा चलचित्रका निर्माता तथा कलाकार हरिवंश आचार्य , प्रस्तुतकर्ता किरण केसी , अभिनेत्री दीपाश्री निरौला , शिवहरि पौडेल , पल शाह र आँचल शर्मा सहभागी थिए । गत फागुन २३ मा हेटौडाबाट सुरुवात भएको टुर २४ गते नारायणगढ , २५ गते बुटवल , २६ गते पोखरा , २८ गते बिर्तामोड , २९ गते दमक हुदै ३० गते इटहरी पुगेर सकिएको छ । चलचित्र युनिट माथि उल्लेखित स्टेसनमा कन्सर्ट तथा पत्रकार सम्मेलन मार्फत स्थानिय र सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।

चलचित्रलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

दीपाश्री निरौला ( दर्शकसंग प्रत्यक्ष जोडिन पाउदा सधै रमाइलो महसुस हुन्छ , यस टुरमा झनै रमाइलो भयो । फिल्म शत्रु गतेको लागि दर्शकको पर्खाइ देखेर निकै खुसि छौ । दर्शकको चाहना अनुसारकै फिल्म बनेको छ , छिनमै हसाउछ र छिनमै रुवाउछ फिल्मले । फिल्म हेर्दा दर्शकको समय र पैसाको सदुपयोग हुन्छ ।