सेक्स नै सेक्स ….



सेलीब्रेटी नेपाल माघ १ गते- निर्देशक उकेश दाहालका अनुसार चलचित्र किन किन यौनिक विषयमा आधारति छ। “नाइन ओ क्लकमा यौन अपराधको कुरा उठाइएको छ,” भन्छिन्, हिरोइन सुमिना घिमिरे। त्यसैगरी, महिला समलिंगीको कथा उठान गरिएको सुनगाभा, पुरुष समलिंगीको विषयमा बनेको लभ यू म्यान, यौनसाथीलाई खेलौना सम्झने पुरुषको दिनचर्यामा एटिएम र अहिले यौन मनोविज्ञानमा आधारति भनिएको साँघुरो। यौन विषयमै किन धेरै चलचित्र बनिरहेका होलान् कलिउडमा ? एक जना सिनेकर्मी भन्छन्, “दर्शक यौन चाहन्छन् भन्ने सोचले उनीहरू त्यस्ता चलचित्र बनाउँछन् तर वास्तवमा उनीहरू आफैँ यौनकुण्ठाका रोगी हुन्।” ती सिनेकर्मीको भनाइ सही होला त ?