उत्तेजना भड्काएको आरोपमा पप स्टारलाई जेल सजाय


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
इजिप्टको अदालतले एक पप गायिकालाई दुई वर्षको जेल सजाय सुनाएको छ । यी पप गायिका एक म्युजिक भिडियोमा भित्री वस्त्र मात्र लगाएर केरा खाइरहेको देखिएकी थिइन् ।
२५ वर्षीया शायमा अहमदलाई अघिल्लो महिना पक्राउ गरिएको थियो । उनीमाथि आरोप थियो कि उनको म्यूजिक भिडियो अश्लील र उत्तेजना भड्काउने खालको छ ।

स्थानीय मिडियाका अनुसार मंगलबार सायमालाई अश्लील भिडियो बनाएको आरोपमा दोषी पाइयो । अदालतले यस भिडियोका निर्देशकलाई पनि दुई वर्षको जेल सजाय तोकेको छ ।
यद्यपि, गिरफ्तारी अघि नै सायमाले यस विषयमा माफी मागी सकेकी थिइन् ।

उनले आफ्नो फेसबुक पेज (यो अहिले डिलिट भइसकेको छ) मा लेखेकी थिइन्, ‘मैले कहिले पनि सोचिन कि यस्तो हुनेछ र मैले मानिसहरुको यस्तो हमलाको सामना गर्नुपर्नेछ ।’
शायमा अहमद आफ्नो म्युजिक भिडियोमा उत्तेजक तरिकाले फल खाइरहेको देखाइएको थियो । भिडियोमा उनले वयस्क छात्रहरुले भरिएको एउटा कक्षामा पढाउँदै गरिएको खेलाइएको थियो । इजिप्टको जनता र सरकारलाई शायमाको फल खाने तरिका अश्लील र समाजको लागि हानिकारक लाग्यो । त्यसपछि उनलाई पक्राउ गरियो ।