सौगात र जस्मिनको रोमान्स ‘पञ्चेबाजा’ हेर्न अभिभावक चाहिने


सेलिब्रेटी नेपाल काठमाडौँ

आगामी शुक्रबारबाट प्रदर्शन हुन लागेको चलचित्र ‘पञ्चेबाजा’ले सेन्सर बोर्डबाट ‘पीजि’ सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएको चलचित्र हेर्न अब १६ वर्ष मुनिका बालबालिका अभिभावकसँग जानुपर्नेछ । एक गाउँका तीन पात्रको कथा प्रस्तुत गरिएको चलचित्रको निर्देशन घनश्याम लामिछानेले गरेका छन् । न्यू भेनस फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा राजेश शाहीको लगानी रहेको छ ।

चलचित्रमा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, सृजना सुब्बा, जस्मिन श्रेष्ठ, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको मुख्य अभिनय रहेको छ । सारा गुरुङ सह-निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन रहेको छ ।