शसी र लक्ष्मीको ‘शुभारम्भ’


सेलिब्रेटी नेपाल


काठमाडौँ :गायक तथा संगीतकार शसी घिमीरे र गीतकार लक्ष्मी अर्यालको पहिलो एल्बम ‘शुभारम्भ’ को शनिबार बरिष्ट लोक गायक कुमार बस्नेत, सूर्य थुलुङ,बरिष्ट गीतकार डा. कृष्णहरि बराल, गायक–संगीतकार नरहरि प्रेमी, संचारकर्मी अभिनेता भोलादीप तिमिल्सिना लगायतकाले संयुक्त रुपमा बिमोचन गरे ।

शुभारम्भका सबै गीत उत्तिकै सुमधुर रहेको गीतकार डा. बरालले समीक्षा गरे । उनले लक्ष्मीको रचना र शसीको गायनमा निकै तालमेल मिलेको समेत बताए । गायक कुमार बस्नेतले नेपाली सांगीतिक फांटमा शसी र लक्ष्मीको शुभारम्भलाई शुभकामना ब्यक्त गरे । गायक नरहरिले शुभारम्भमा समाबेश प्रत्येक गीतको भावार्थ प्रस्तुत गर्दै लक्ष्मीको रचनाशिल्पी र शसीको गायन कलाको तारिफ गरेका थिए ।

कार्यक्रममा एल्बममा समाबेश सपनीमा डुल्छ्यौ तिमी बोलको गीतको भिडियो प्रदर्शन गरिएको थियो । नारायण ओलीको संगीत रहेको सो गीतको भिडियोमा महाबिर बिस्वकर्मा, आस्मा घिमिरे र कृष्णराज तिमल्सिनाले अभिनय गरेका छन् । भोलादीप तिमिल्सिनाले निर्देशन गरेको सो भिडियो रोहित बिक्रम कार्कीले खिचेका हुन् । कार्यक्रममा गायक सशीले आफ्नो गायन यात्रा अब अनवरत अघि बढ्ने बताए ।