सन्तोषको ‘मेरी मामु’ छायांकन सकियो


सेलिब्रेटी नेपाल काठमाडौँ

निर्माता सन्तोष सेनले निर्माण गरेको चौंथो चलचित्र ‘मेरी मामु’को छायांकन सकिएको छ । यम थापाले निर्देशन गरेको ’मेरी मामु’ बालमनोविज्ञानमा आधारित रहेर निर्माण गरिएको छ । चलचित्रमा शाहरुक ताम्राकार, अश्लेषा ठकुरी, कुशुम गुरुङ, भूवन चन्द, दुर्गा मल्ल बालकलाकार आयुब सेन, कृजन गौतम र शुभम बिष्टको अभिनय रहेको छ ।

‘मेरी मामु’बाट निर्माता सेनका छोरा आयुब सेन, कुशुम गुरुङले डेव्यु गर्दैछन् । पुरुषोत्तम प्रधानले छायांकन गरेको चलचित्र भाद्र १५ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ ।