सनुपको ‘मुखौटा’ मा विवेक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

म्युजिक भिडियो निर्देशक निकेश खड्का पछिल्लो समयमा कथात्मक भिडियो निर्माणमा चिनिएका छन् । ‘बहुला’, ‘छोरी अन्माउँदा’लगायतका भिडियोमा कथात्मक प्रस्तुति दिएका निकेश नयाँ भिडियो ‘मुखौटा’मा पनि त्यो फ्लेबरलाई छोडेका छैनन् ।चलचित्र ‘लुट’बाट प्रभावित भएर बनाइएको भिडियोमा बैंक लुट्ने लुटेराको कथालाई प्रस्तुत गरिएको छ । बैंक लुटेर सहकर्मी साथीको हत्या गरेपछि लुटेको पैसा पैसा नक्कली हो भन्ने थाहा पाउँदा हुने परिणामलाई भिडियोमा देखाइएको छ ।

सनुप पौडेल र कल्याण सिंहको स्वर रहेको गीतमा मनिष बशिष्टको शब्द र कल्याण सिंहको संगीत छ । भिडियोमा विवेकसिंह ठकुरी, वृन्दा कठायत, गौरवजंग राणा, प्रशन्न, सुवास तामाङको अभिनय छ । बुद्ध तामाङको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ ।