संकटमा रजनीकान्त !


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

सन् २०१८ मा बलिउडमा धेरै आशलाग्दा फिल्म एकैदिन प्रदर्शनमा आउँदैछन् । चल्ती अनुहारका कलाकारको फिल्म एकापसमा जुध्दा फिल्मको व्यापारमा असर पर्ने अड्कलबाजी अहिलेबाट नै शुरु भइसकेको छ । अधिकांशको चासो ठूलो बजेटका फिल्मबीच हुने घम्साघम्सीलाई लिएर छ ।

सबैको चासो यतिबेला ४ सय ५० करोडको बजेटमा बनेको फिल्म ‘२.०’ प्रति छ । रजनीकान्त र अक्षयकुमार स्टारर यो फिल्मसँग अन्य तीन फिल्म जुध्न आउने भएपछि यो फिल्मको अस्तित्व संकटमा पर्ने प्रारम्भिक अनुमान गरिएको छ । यो फिल्म यसअघि पनि अर्को ठूलो बजेटको फिल्मसँग जुध्ने देखिएपछि केही पछाडि सरेको थियो ।

यसै महिना रिलिज हुने तयारीमा रहेको रजनीकान्तको फिल्म यही महिनामा अक्षयको फिल्म ‘पेडमेन’ आउने भए पछि अप्रिलमा पुगेको छ । अप्रिल २७ मा सोलो रिलिजको अनुमान गरिए पनि यो मितिमा टाइगर श्राफ र दिशा पटानीको ‘बागी २’, कंगना रनावत र अंकिता लोखण्डेको ‘मणिकर्णिका’ र हलिउड फिल्म ‘एड्भेचर्स–इन्फिनिटी वार’ पनि रिलिज हुँदैछन् ।

‘बागी २’ टाइगरको सफल फिल्म ‘बागी’ को सिक्वेल हो । ‘मणिकर्णिका’ पनि कंगनाको ड्रिम प्रोजेक्ट हो । हलिउड फिल्म ‘एभेन्जर्स–इन्फिनिटी वार’ को पनि आफ्नै दर्शक छ । एकसाथ तीन फिल्म जुध्न आउने भएपछि रजनीकान्तको फिल्म ‘२.०’को कारोबार प्रभावित हुने आशंका गरिएको छ ।