संजिवनीकाे मायामा बिशाल र अनिशा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

भारतीय गायिका संजिवनीकाे अावाजमा नयाँ नेपाली गीत सार्वजनिक भएकाे छ । ‘मेराे माया’ बाेलकाे उक्त गीतकाे म्युजिक भिडियाे यु ट्युब मार्फत सार्वजनिक गरिएको हाे । नेपाली सांगीतिक कार्यक्रममा नेपाल अाइरहने संजिवनीले नेपाली गीत स‌ंगीतलाई पनि उतीकै माया गर्ने गरेकी छिन् । उक्त गीतकाे म्युजिक भिडियाेमा माेडल तथा रंगकर्मी विशाल थापा र अनिशा न्याैपानेकाे अभिनय रहेकाे छ ।

सबी अधिकारीकाे रचना रहेकाे गीतमा सुर्य काश्यबकाे संगीत रहेकाे छ । प्रेम लामाकाे टीमले खिचेकाे भिडियाेकाे निर्देशन सुवास प्रधानले गरेका हुन। भिडियाेमा रंग संयाेजन र सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।