संचिता स्टारर गुनगुन टिजर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल
काठमाडौँ
कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘गुनगुन’को टिजर सार्बजनिक गरिएको छ । कलाकार पुस्कर भट्टराईले निर्माण तथा निर्देशन गरेको चलचित्रको सार्वजनिक टिजरमा चलचित्रका सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ । संवाद विहिन ‘गुनगुन’को टिजरमा माया,प्रेम, विछोड र द्धन्द्वलाई विषेश फोकस गरिएको छ ।

प्राथना फिल्म्सको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

चलचित्रमा हिमाल केसीको द्धन्द्व , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । ‘गुनगुन’को सेप्टेम्बर ३० मा अस्ट्रेलियामा वर्ल्ड प्रिमियर गरिने कलाकार तथा निर्देशक पुस्कर भट्टराईले बताए ।