साम्राज्ञीको हट फिगर देखेर नाजिरको नजर थामिएन (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

आज शुक्रबार बाट सोलो प्रदर्शनमा आएको चलचित्र चलचित्र ‘तिमीसँग’ को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘दिलमा आगो सल्कियो’ बोलको गीतमा अभिनेता नाजिर हुसेन र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर छन् । यस अघि चलचित्रमा समाबेश तिन गीत सार्बजनिक भई सकेका छन् । चलचित्रको पहिलो दिनको व्यापार सुखद रहेको चलचित्र निर्माण पक्षले जनाएको छ । बिहानदेखि साँझसम्म चलचित्रको अकुपेन्सी ५० देखि ६० प्रतिशतको आसपास रहेको छ । वितरक गोपाल कायस्थका अनुसार, शुक्रवार बिहानीको शोमा गोपीकृष्ण मुभिजको कृष्ण हल हाउसफूल भएको छ ।

दीपक पाठकको स्वर रहेको गीतमा रिदम कँडेल र दीपक आफैंले संगीत दिएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो तराईका विभिन्न ठाउँहरुमा छायांकन गरिएको छ । ‘तिमीसँग’ मा आकाश श्रेष्ठ, सुनिल वि.क, शिशिर राणा, अनुपम श्रेष्ठलगायतका कलाकारहरुको पनि प्रमुख भूमिका छ । शिशिर राणा फिल्मका लेखक, निर्माता र निर्देशक हुन् । उक्त चलचित्रमा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा चलचित्रमा छ ।