‘सम्झाउन खोज्छु यो मन’ भन्दै आइन कविता


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका कविता श्रेष्ठले ‘सम्झाउन खोज्छु यो मन’ बोलको गीत भिडियो सार्बजनिक गरेकी छिन। मेलोडियस लभ सङमा गायिका कविता श्रेष्ठ र गायक ओम सुनारको आवाज रहेको छ । गायक स्वयम ओमले गीतमा संगीत भरेका छन् । गायिका श्रेष्ठ आफैले रचना गरेको गीतको भिडियो निकै रोमान्टिक बनेको छ । स्वयम यी गायक गायिका भिडियोमा समेत देखिएका छन् ।

कुलेखानी र चित्लाङमा छायांकन गरिएको भिडियोलाई गायिका कविता आफैले निर्देशन गरेकी हुन् । सिन्धुलीमा जन्मीएकी उनी डेढ वर्ष देखि संगीत क्षेत्रमा क्रियाशिल छिन् । यो अवधिमा दर्जन बढी गीतमा आवाज भरिसकेकी कविता छिट्टै ‘मन’ एल्बमका साथ आउने तयारीमा समेत छिन् । त्यसो त एक दशक देखि संगीत क्षेत्रमा लागेका ओम गायक भन्दा ज्यादा संगीतकारले चिनिन्छन् । उनले २५० भन्दा बढी गीतमा आवाज दिइसकेका छन् । दिव्य सुवेदीले छायांकन गरेको भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन् ।