समीरको निर्देशनमा बन्ने भो ठूलो बजेटमा नेपाल भाषा चलचित्र


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपालमा चलचित्रको ईतिहास ५३ बर्ष भन्दा पुरानो छ । सँगसँगै ३० बर्ष पुरानो ईतिहास नेपाल भाषाका चलचित्रहरुले बाकेको छ । नेपाल भाषा अर्थात नेवारी चलचित्र जुन नेपालमा बर्षको आधा दर्जनको हाराहारीमा अहिले निर्माण हुने गर्दछ ।

३० बर्ष अगाडीका सिलु र राजमति लगायतका नेवारी चलचित्रहरुले नेपाली चलचित्रले जस्तै बजार कायम गरेको थियो तर हाल त्यो अवस्था छैन । अहिलेका नेवारी चलचित्रहरु ८ लाख सम्म निर्माण गरिसक्ने र विभिन्न क्लव तथा संघ संस्थाहरुको सहकार्यमा च्यारिटि शो गरेर पैसा उठाउनु पर्ने बाध्यता रहेको छ । चलचित्रलाई बजार नभएको हो या बजार अनुसारको चलचित्र नबनेको हो, त्यो नेवारी चलचित्रकर्मीलाई नै थाहा होला । तर अहिले जिमिगु सः फिल्म प्रोडक्शनले नयाँ प्रविधिको प्रयोग गर्दै ठूलो लगानीमा नेवारी चलचित्र निर्माण गर्ने घोषणा गरिएको छ ।

चलचित्रका निर्माता प्रकाश लाल जोशीका अनुसार पहिलो पटक ठूलो लगानी र क्यानभासमा नेपाल भाषा नेवारी चलचित्र बनाउन लागेको बताए । उनले ३० बर्षको अगाडीको नेवारी चलचित्र र अहिलेको नेवारी चलचित्र जस्ताको तस्तै भएको र परिवर्तन नभएको कारण परिवर्तनको लागि ठूलो लगानीमा फिल्म “आ छु याय रु” निर्माण गर्न लागेको बताए । चलचित्रलाई निर्देशक समिर बलामी ले निर्देशन गर्ने छन् । निर्देशक बलामीले नेवारी चलचित्रको मार्केट खोज्न सोही अनुसारको चलचित्र बनाउन लागि परेको निर्माण टिमलाई आफु पनि सहभागी भएर सहयोग गरेको बताए । निर्देशक बलामीले आफुले नेवारी भाषा सबै नबुझेपनि चलचित्रलाई न्याय गर्ने बताए ।